Shittalpati
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण नारायण टोल विकास संस्थाको अधिवेशन भएको छ । तानसेनको नारायण टोलमा बसोवास गर्दै आएका विभिन्न जातजाति, भाषाभाषीका महिलाहरुद्वारा गठित संस्थाको तानसेनमा प्रथम अधिवेशन तथा पद हस्तान्तरण भएको हो । अधिवेशनले पदमा जुनु शाक्यलाई अध्यक्षमा चयन गरेको छ ।
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
गैँडाको ‘केटी’ मृत फेला
गैँडाको ‘केटी’ मृत फेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि...
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र...
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति...
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो ।
‘बहिनी बाँच्न चाहन्छे’
‘बहिनी बाँच्न चाहन्छे’ मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका हुन् ।
Weather Update