Shittalpati
चोरी भएका २५  मोटरसाईकल सम्बन्धित धनीलाई बुझाइयो

पाल्पा,चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका मोटरसाइकल खोज अनसन्धान गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको शित्तलपाटी डटकमलाई जानकारी गराएको छ । महाशाखाले ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको छ ।

महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका २६ वर्षीय बिष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।

मिजारले गितराज पाख्रीनको प्रदेश ३–०२–०११प ७०१७ को पल्सर मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रदेश३–०२–०११ प ५२३६ नम्बर राखि चलाएको अवस्थामा सोमबार बौद्धबाट पक्राउ गरेको थियो । काठमाडौंका बालाजु, टोखा, सातदोबाटो,माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट २५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न ट्राफिक प्रहरीले मोटरसाइकल चालकहरुलाई आग्रह समेत गरेको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update