Shittalpati
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट

गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् । एक सय वटा मुद्दा भने फस्यौट हुन बाँकी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यालयमा दर्ता भएका मुद्दा मध्ये ४ वटा कर्तव्य ज्यान सम्बन्धी, २ वटा ज्यान मार्ने उद्योग, २ वटा ज्यान सम्बन्धी मुद्दामा, भवितव्य ज्यान मुद्दामा १९ वटा, फुटकर ज्यानमा १४ वटा मुद्दाहरु रहेका छन् ।

त्यस्तै झुण्डेर आत्महत्या मुद्दामा ४८ वटा, आत्महत्या दुरुत्सहानमा २ वटा, विष सेवन गरी आत्महत्या मुद्दामा ५ वटा छन् । यस्तै आत्महत्यामा १ वटा, जुवामा १ वटा, हातहतियार खरखजनामा १ वटा, चन्दा सम्बन्धी कसुरमा १ वटा मुद्दा दर्ता छन् । अभद्र व्यवहारमा २१ वटा, मानव बेचबिखन तथा ओसार–पसार तथा जबरजस्तीकरणीमा १ वटा मुद्दा दर्ता भएको एसपी श्रेष्ठले बताए । यस्तै बहुबिवाहमा ५ वटा, बालबिवाहमा १ वटा, जबरजस्तीकरणीमा १० वटा, जबरजस्तीकरणी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बाल यौन दुरुप्रयोग गर्न नहुनेमा १ वटा, अप्राकृतिक मैथुनमा १ वटा, सवारी ज्यानमा ५ वटा, सवारी अङ्गभङ्गमा १ वटा, सवारी दुर्घटनाबाट मृत्यु (भवितब्य) मा ४ वटा, आपराधिक उपद्र गरेको कसुर (आगो लगाएको) १ वटा, पशुपन्छी सम्बन्धी कसुरमा १ वटा मुद्दाहरु दर्ता भएका छन् । दर्ता भएका केही गम्भीर प्रकृतिका मुद्दाहरुमा थप अनुसन्धान भइरहेकाले छिट्टै फस्यौट हुने क्रममा रहेको प्रहरी उपरीक्षक (एसपी) श्रेष्ठले बताए । –पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update