Shittalpati
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि कोभिडका कारण परीक्षाहरु समेत नियमित हुन सकिरहेका छैन् । परीक्षहरु नियमित हुन नसकिरहेका बेला जिल्लाको माथागढी गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गरी पठन पाठनसँगै परीक्षाहरु सञ्चालन गरेको छ । यस अघि नै शैक्षिक संघ संस्थाहरु सञ्चालन गरेको गाउँपालिकाले परीक्षाहरु पनि सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
बँदेलको आक्रमणबाट चार जना घाइते
बँदेलको आक्रमणबाट चार जना घाइते दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले २३ औं व्याचका अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको छ । इन्स्टिच्यूटले एक कार्यक्रमका बिच शनिबार तानसेनमा अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको हो ।
‘टोपी दिवस’ :  सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ? यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।
दियोको भरमा वर्षौं बित्यो,  बलेन बिजुली
दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली पुथाउत्तर गङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९ सय घरधुरी प्रभावित भएका छन् ।
अज्ञात रोगले बाख्रा मरे
अज्ञात रोगले बाख्रा मरे जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए ।
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं ४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
Weather Update