
गुल्मी,जिल्लाको कालिगण्डकी गाउँपालिका पुर्तिघाटमा भएको एक कार्यक्रमका सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिर बनाउन खोजेको अरोप लगाएका छन् । नेपाल शिक्षक संघ कालीगण्डकी गाउँपालिकाको तेस्रो प्रतिनिधि सभामा सहभागीहरुले प्रधानमन्त्रीले संसद् विघटन गरेर अंसवैधानिक कदम चालेकाले देशलाई नै अस्थिरता तिर लैजान खोजेको आरोप लगाएका हुन् । प्रधानमन्त्रीको असंवैधानिक कदमले शिक्षा क्षेत्रमा समेत ठूलो असर पार्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले वर्तमान सरकारले शिक्षामाथी खेलवाड गरेको अरोप लगाए ।
कार्यक्रममा नेपाल शिक्षक संघका गाउँपालिकाका अध्यक्ष सुवासचन्द्र गौतमले आफुले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघले शिक्षा क्षेत्रमा अहिलेसम्म गरेका क्रियाकलापहरुको उल्लेख गरिएको थियो । अध्यक्ष गौतमद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा संघको भावि कार्यक्रम तथा रणनीतिको बारेमा पनि उल्लेख गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षणलाई सम्मानित पेशा बनाउन शिक्षकहरु सदैव आफ्नो पेशा प्रति जिम्मेवार हुन आग्रह गरेका छन् ।
संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव धना भण्डारी, नेपाली काँग्रेसका महासमिति सदस्य एवं कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा मगर, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का, शिक्षक महासंघका जिल्ला अध्यक्ष हिरासिंह सराङ्गकोटी, नेपाली काँग्रेसका शिक्षा विभाग केन्द्रीय सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सदस्य महाधिवेशन प्रतिनिधि श्रीप्रसाद भलामीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य गोपाल प्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस क्षेत्र नं. १ का उपसभापति जगदीश भट्टराई,महाधिवेशन प्रतिनिधि टुकबहादुर सार्की, नेविसंघका संस्थापक बसन्त भुजेल, कालिगण्डकी गाउँपालिकाका सहायक शिक्षा शाखा प्रमुख यमलाल कण्डेल, नेपाल शिक्षक संघ कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष ढुण्डीराज न्यौपाने, नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिकाका सह–संयोजक अशोक ठकुरी, नेपाल शिक्षक संघ कालिगण्डकी गाउँपालिका सदस्य भविन राना लगायतले आ–आफ्ना धारणा राखेका थिए । सचिव चेतनारायण पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।