Shittalpati
गुल्मीमा काँग्रेसले मनायो सहिद दिवस

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा पनि सहिद दिवस मनाइएको छ । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा सदरमुकाम तम्घास स्थित सहिद शमसेर बहादुर खत्रीको शालिकमा माल्यापर्ण गरि मनाईएको हो । सहिद खत्रीले प्रजातन्त्रको लागि खेलेको भूमिका अत्यन्तै ठूलो र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनको शालिकमा माल्यापर्ण गरि यो दिवस मनाइएको हो ।

सहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा तत्कालिन अमरपुर गाविसमा वि.स.२०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्या पछि खत्रीको शिर छेदन गरि जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शनगरि सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने प्रयास गरेका थिए । पछिल्लो समय मुलूक सहिदहरुको बाटोमा मुलुक हिड्न नसेको नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु प्रसाद बलालले बताए । सहिदहरुको ठूलो बलिदानी र त्याग बाट प्राप्त भएका योगदानलाई सरकारले एकपछि अर्को गर्दै कुल्चिदै आरोप लगाए । उपसभापति बलालले सहिदको सपना साकार बनाउनका लागि सबै राजनैतिक पार्टी बीच एकताको आवश्यकता रहेको औल्याए ।

देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका सहिदहरुको सम्झनामा मनाइने यस दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको थियो । तर वर्तमान सरकारले विदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहिदप्रति अपमान नगर्न नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले चेतावनी दिए । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रीक एवम् लोकतान्त्रीक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाका नगर सभापति छवि पाण्डेले बताए । नेपाली काँग्रेसका जिल्लास्थित नेताहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कांग्रेसका स्थानीय नेताहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रमको सञ्चालन काँग्रेस रेसुङ्गा नगर सचिव अनिल बस्नेतले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update