Shittalpati
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन

पाल्पा, तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।

उनको उपचारका क्रममा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ६० वर्षीय शाक्य लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित थिए । शाक्यले मुटु अस्पतालमा विगत लामो समयदेखि मृगौलाको डायलिसिस गराउँदै आएका थिए । उनको मंगलबार परम्परा अनुसार रामनदी धाममा दाहसंस्कार गरिने बताइएको छ । उनका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update