जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
शनिबार, चैत २८, २०७७
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या
शुक्रबार, चैत २७, २०७७
बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
बिहीबार, चैत २६, २०७७
नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि...
पोखरादर–लामेदमार सडकको उद्घाटन
बिहीबार, चैत २६, २०७७
जिल्लाको निस्दी गाउँपालिका –४ मित्यालको पोखरादर –लामेदमार सडकको उद्घाटन गरिएको छ । सडकको एक औपचारिक कार्यक्रमका बिच पूर्व भूमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले सडकको विकास नै स्थानीय तहको विकास भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना
बिहीबार, चैत २६, २०७७
खसेको कूल मतमा ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना...
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन
सोमबार, चैत २३, २०७७
पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरा (सारेम) २३ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको छ । रेडियोले सोही अवसरमा पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरेको छ ।
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम
सोमबार, चैत २३, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला...
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु
आइतबार, चैत २२, २०७७
जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू...
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
शनिबार, चैत २१, २०७७
एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
स्वदेशमै श्रम र पसिनाका लागि तालिम
शुक्रबार, चैत २०, २०७७
स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको...
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित
बुधबार, चैत १८, २०७७
सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए ।
चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली
बुधबार, चैत १८, २०७७
सहकारी र भूपू सैनिकका एम्बुलेन्स चालक समेत रहेका रामबहादुर कुँवरको संयुक्त लगानीमा अस्पताललाई ट्रली हस्तान्तरण गरिएको अध्यक्ष कुलदिप थापाले जानकरी दिए । ‘अस्पतालमा ट्रलीको अत्यन्तै आवश्यकता रहेको हुनाले हामीले हस्तान्तरण गरेका हौं’, अध्यक्ष थापाले भने,‘बिरामी बोक्नको लागि अस्पतालाई ठूलो सहयोग पुग्नेछ ।’

