Shittalpati
तीन दिनदेखि बालक सम्पर्कविहीन
तीन दिनदेखि बालक सम्पर्कविहीन गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
अधिकांश स्थानमा वर्षा
अधिकांश स्थानमा वर्षा मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता
गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घर–घरमा पुगेर नागरिकता वितरण गरेकी छन् ।
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
जुनेली साहित्य समाज गठन
जुनेली साहित्य समाज गठन जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।
Weather Update