Shittalpati
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै

रामचन्द्र रायमाझी
पाल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षाका लागि पाल्पामा आवश्यक तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

यस वर्ष पाल्पाबाट १ सय ३६ विद्यालयका ४ हजार ८ सय ४१ परीक्षार्थी परीक्षामा सहभागी हँुदैछन् । जसमा नियमिततर्फ ४ हजार ७ सय ८३ र ग्रेड बृद्धितर्फ ५८ जना विद्यार्थी रहेका छन् । परीक्षामा १ सय १६ वटा सामुदायिक विद्यालयका ३ हजार ३ सय ५४, २० वटा संस्थागत विद्यालयबाट ५ सय ८७ जना परीक्षार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । जिल्लामा सबै भन्दा कम ६५ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्र र सबै भन्दा बढी ३ सय ९० दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाको लागि २६ वटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षालाई सभ्य एवं भव्य बनाउन परीक्षा समन्वय समितिले सबैलाई आग्रह गरेको छ । उसले परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाएको छ । आज हुन लागेको परीक्षामा पाल्पा सहित देशभरबाट पाँच लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् । ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९ सय १४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी परीक्षामा सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको काम समेत गर्ने भएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ । प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताड्ढ पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update