गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मी, गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घास तर्फ आउँदै गरेको मोहन सिह बस्नेतको लु ५६ प ८४२६ नं.को २०० सि.सि. मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते बस्नेतलाई जिल्ला अस्पतालले मृत घोषणा गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्


