Shittalpati
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।

घरदेखि ८ किलोमटिर पूर्वमा रहेको कचल फाँटमा आउने पानीको नहर खन्ने क्रममा अचानक माथिबाट ढुङ्गा सहितको पहिरो खसेर हिस्कीलाई च्यापेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले पुरिएको अवस्थामा उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार प्रारम्भीक अनुसन्धानपछि शवलाई पोष्टमार्टका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update