Shittalpati
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने आगामी फागुन १ गतेदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरू खुल्ने भएका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै फागुन १ गतेदेखि खुल्ने भएका हुन् ।
जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार
जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार  जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरका जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार दिइएको छ । चिसोका कारण सबै भन्दा बढी जेष्ठ नागरिक प्रभावित हुने भन्दै गाउँपालिकाले वडाका कार्यालयको संयोजनमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडासँगै पौष्टिक आहार दिएको हो ।
वैशाखबाट नयाँ शैक्षिक सत्र
वैशाखबाट नयाँ शैक्षिक सत्र विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीमा गर्ने तयारी थालिएको छ । संक्रमण अवस्था साम्य भए वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ ।
एसईई वैशाख ९ गतेदेखि हुने
एसईई वैशाख ९ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक
राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आगामी रणनीति सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम तथा रणनीति सार्वजनिक गरेको हो ।
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ ।
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाँै ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदका लागि दुई लाख ४० हजार ४ सय ५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २ सय ३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेद्वारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
निर्माणधिन रेसुङ्गा विमानस्थल
निर्माणधिन रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल । आगामी बैशाख महिना भित्रमा नियमित उडान गर्ने गरी विमानस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ । यहाँ अहिले अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सकिन थालेको छ ।
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
माथागढीमा उद्यमशिलता विकास तालिम
माथागढीमा उद्यमशिलता विकास तालिम जिल्लाको माथागढी गाउँपालिकामा उद्यमशिलता विकास तालिम दिइएको छ । गाउँपालिकाले ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्यमशिलता विकास तालिम दिएको हो ।
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ । तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका -४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
Weather Update