Shittalpati
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
असार २६ गते सार्वजनिक बिदा
असार २६ गते सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले एक...
रामपुरमा एक वृद्ध मृत फेला
रामपुरमा एक वृद्ध मृत फेला जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
हतियारसहित तीन भारतीय पक्राउ रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।
पाखुरे वनमा आठ हजार विरुवा रोपियो
पाखुरे वनमा आठ हजार विरुवा रोपियो पाखुरे सामसदायिक वनमा आठ हजार विरुवा रोपिएको छ । जिल्लाको रैनादेवी छहरा –४ मा रहेको उक्त वनमा दालचिनिका आठ हजार बिरुवा रोपिएको हो ।
धन्सारले पुरिएर बालिकाको मृत्यु
धन्सारले पुरिएर बालिकाको मृत्यु स्याङ्जाको गल्याङ–१० डुबिण्डाँडामा बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
Weather Update