Shittalpati
पाल्पामा ट्रक र मोटरसाईकल  ठोक्किदाँ  एकको मृत्यु

पाल्पा, पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ४ भैरवस्थानस्थित बाहुनडाँडामा मंगलबार साँझा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको पछाडी सवार रिब्दीकोट ६ ठिमुरेका ३० वर्षीय नरबहादुर गाहाको ज्यान गएको हो ।

तानसेनबाट रिडीतर्फ जाँदै गरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको लु ६८ प २०५ नम्बरको मोटरसाइकलले उछिन्ने क्रममा ट्रकमा ठोक्किन पुग्दा गाहाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । मोटरसाइकल चालकको अवस्था भने सामान्य रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update