आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आइतबार, माघ १६, २०७८
जिल्ला प्रशासनको सेवा स्थगित
शुक्रबार, माघ १४, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १३, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको ठहर गर्दै खानी उद्योग...
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई
बुधबार, माघ १२, २०७८
पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुल तानसेनले ब्रिटिस काउन्सिल अन्तर्गत प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले २०२०–२०२३ का लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई प्रदान गरेको हो ।
सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झाना
सोमबार, माघ १०, २०७८
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
आइतबार, माघ ९, २०७८
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
पाल्पामा सडक कार्यालयका नासु मृत फेला
आइतबार, माघ ९, २०७८
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।
आइतबार देशभरका अदालत बन्द रहने
शनिबार, माघ ८, २०७८
आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएका हुन् ।
तानसेनका महिलालाई नेतृत्व विकास तालिम
शनिबार, माघ ८, २०७८
तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो ।
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
शुक्रबार, माघ ७, २०७८
जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण
शुक्रबार, माघ ७, २०७८
कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।


