Shittalpati
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई पाल्पामा लागु औषध सहित पक्राउ गरेको हो ।
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए जिल्लाको तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा एक पुरुष मृत भेटिएका छन् 
आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म
आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए ।
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी जिल्लाको बगनासकाली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका कर्मचारीहरुसँग चालु आर्थिक वर्षमा भए गरेका गतिविधिहरुको जानकारी लिएका छन् । नव निर्वाचित जनप्रतिनिधीहरुले जेठ मसान्तसम्म भएका काम गतिविधी, आम्दानी खर्च, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पुर्वाधार, राजश्व, कृषि, पशु, लगायतका विषयमा कर्मचारीहरुंसँग जानकारी लिएका हुन ।
लोपोन्मुख नौमती बाजा संरक्षण गर्दै मगर युवा
लोपोन्मुख नौमती बाजा संरक्षण गर्दै मगर युवा पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको बेला पछिल्ला वर्षहरुमा भने यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको छ ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म  नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
निस्दी मित्यालका असल बुहारी सम्मानित सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।
पाल्पाका पूर्वसांसद थापाको निधन
पाल्पाका पूर्वसांसद थापाको निधन ,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
Weather Update