Shittalpati
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् ।
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत
पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत पाल्पाका क्रियाशिल पत्रकार तथा रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनबाट पुरस्कृत भएका छन् । रायमाझी सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।
द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन्
द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन् स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिवद्धता लिएर जनतामाझ गए । केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ ।...
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै आज १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी प्रदेशसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ...
पाराग्लाइडिङबाट खसेर बालिका घाइते
पाराग्लाइडिङबाट खसेर बालिका घाइते स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको...
Weather Update