स्वस्थानी व्रतकथा आजदेखि सुरु
सोमबार, माघ ३, २०७८
पाल्पामा तरुलको व्यापार फस्टायो
शनिबार, माघ १, २०७८
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
आज माघे संक्रान्ति पर्व मनाइँदै
शनिबार, माघ १, २०७८
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
बुटवलमा सार्वजनिक जग्गा संरक्षण गरिँदै
बिहीबार, पुस २९, २०७८
बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ । चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगरपालिकाले निर्णय...
पाल्पाको निस्दीमा मोटरसाईकल दुर्घटना: चालकको मृत्यु
बुधबार, पुस २८, २०७८
जिल्लाको निस्दी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ । निस्दी गाउँपालिका ७ सिन्धुरेस्थित भित्री सडक खण्डमा लु ६ प १५२३ नं को मोटरसाईकल दुर्घटना भएको हो ।
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू
बुधबार, पुस २८, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।
आज पृथ्वी जयन्ती मनाइंदै
मंगलबार, पुस २७, २०७८
आज विविध कार्यक्रम गरी देशभर पृथ्वी जयन्ती मनाइदै छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा
सोमबार, पुस २६, २०७८
तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास संघ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।
भोलिदेखि देशभरका विद्यालय बन्द हुने
सोमबार, पुस २६, २०७८
कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने भएका हुन् ।
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
सोमबार, पुस २६, २०७८
माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
आइतबार, पुस २५, २०७८
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
आइतबार, पुस २५, २०७८
गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् ।


