Shittalpati
रामपुर नहरमा नवजात शिशुु मृत फेला

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको छ । आज विहान बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक/दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशुु (बालिका) को शव फेला परेको हो ।

नहरमा नवजात शिशुु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई रामपुर अस्पताल पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update