बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १३, २०७८
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
बुधबार, फागुन ११, २०७८
जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
सोमबार, फागुन ९, २०७८
पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
आइतबार, फागुन ८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
बेथलमा क्वाड च्याम्प प्रतियोगिता
शनिबार, फागुन ७, २०७८
तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
बिहीबार, फागुन ५, २०७८
जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
बुधबार, फागुन ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
बुधबार, फागुन ४, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, फागुन १, २०७८
लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
आइतबार, फागुन १, २०७८
प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
आइतबार, फागुन १, २०७८
तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
आइतबार, फागुन १, २०७८
गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।


