रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण
आइतबार, फागुन २२, २०७८
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
आइतबार, फागुन २२, २०७८
जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
शनिबार, फागुन २१, २०७८
तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
शुक्रबार, फागुन २०, २०७८
त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
शुक्रबार, फागुन २०, २०७८
तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
बुधबार, फागुन १८, २०७८
बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
सेना दिवस मनाइँदै
मंगलबार, फागुन १७, २०७८
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका- ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।


