Shittalpati
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकाम सहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैला सम्बन्धी निःशुल्क उपचार, आँखा सम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता सम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय...
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित नेपालमा विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ ।
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा काठमाडौँ, रासस, ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटक भन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको...
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो काठमाडौंका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए ।
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
गिद्धको सङ्ख्या घटेकामा चिन्ता पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’ जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
पाल्पा पूर्वखोलाको आफ्नै लोगो जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
Weather Update