रिब्दीकोटमा अनलाइनबाट पठन–पाठनको तयारी
सोमबार, असार १४, २०७८

बुधबारदेखि भारी वर्षा हुने
सोमबार, असार १४, २०७८
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुको जोड
शनिबार, असार १२, २०७८
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुले जोड दिएका छन् । शनिबार तानसेनमा प्रेस काउन्सिलका प्रतिनिधिसँगको छलफलमा जिल्लाका छापा मिडियामा आवद्ध सम्पादकहरूले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
शनिबार, असार १२, २०७८
शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...

पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो
शुक्रबार, असार ११, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ...

गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
सोमबार, असार ७, २०७८
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै...

ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, असार ४, २०७८
सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।

पाल्पामा फोन स्कुल सञ्चालन
मंगलबार, असार १, २०७८
पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।

विद्यार्थी भर्ना अभियान शुरु
मंगलबार, असार १, २०७८
सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।

सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सोमबार, जेठ ३१, २०७८
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।