राहत लिएर पहिरो प्रभावित क्षेत्र पुग्यो पाल्पा काँग्रेस
शनिबार, असार २६, २०७८

सुत्केरी अस्पतालमा बन्धक : श्रीमान् पैसाको खोजीमा भौँतारिँदै
शुक्रबार, असार २५, २०७८
बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।

पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग
बुधबार, असार २३, २०७८
नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।

पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
मंगलबार, असार २२, २०७८
राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।

मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
मंगलबार, असार २२, २०७८
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै,थप्दै : नीजि सवारी,सरकारी कार्यालय र होटल खुल्ने
सोमबार, असार २१, २०७८
जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी राखिएको निषेधाज्ञा खुकुलो बनाउँदै, थप्दै लगिएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको हो ।

पाल्पामा निषेधाज्ञा पुनः असार ३१ सम्म लम्बियो
सोमबार, असार २१, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः असार ३१ गतेसम्म लब्याइएको हो ।

गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग
आइतबार, असार २०, २०७८
नेपाल पत्रकार महासंघ गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग
आइतबार, असार २०, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् ।
.jpg)
गुल्मीमा असार २२ सम्म लम्बियोे निषेधाज्ञा
बुधबार, असार १६, २०७८
जिल्लामा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि निषेधाज्ञा असार २२ गतेसम्म लम्ब्याइएको हो ।

यात्रुसँग बढी भाडा लिने आठ जना पक्राउ
बुधबार, असार १६, २०७८
तोकिएको भन्दा बढी भाडा लिनेलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।

चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन
बुधबार, असार १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।

७७ जिल्लामा निःशुल्क कानूनी सहायता
मंगलबार, असार १५, २०७८
कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिवृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।