Shittalpati
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु

पाल्पा, विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।

खाम्चाले आफू सुत्ने कोठामा नाम नखुलेको विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विषादी सेवन गरेका उनलाई बुुबा यमबहादुर खाम्चाले उपचारका लागि रामपुर अस्पताल पुु¥याएका थिए । अस्पतालमा उपचारका क्रममा खाम्चाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जनाकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update