Shittalpati
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन

पाल्पा, माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।

दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । ति मध्ये ५८ जनाको शव पहिचानपछि आफ्न्ताले बुुझिसकेका छन् । पोखरामा पहिचान हुन नसकेका ४८ शव काठमाडौं पुु¥याइएको थियो । तर त्यहाँ पनि ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको जनाइएको छ । अहिले पनि फरेन्सिक विधिबाट शव पहिचानको प्रयास भइरहेको छ । यस विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ति शवको डिएनए परीक्षण गरिने जनाइएको छ । डिएनए परीक्षणबाट भने शव पहिचान गर्नका लागि कम्तीमा तीन हप्ता लाग्ने छ ।

माघे संक्रान्तिको दिन काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update