Shittalpati
खुकुरी प्रहारबाट किशोर घाइते

गुल्मी,गुल्मीमा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । यहाँको मदाने गाउँपालिका–६ का १५ वर्षीय सन्तोष कुँवर खुुकुुरी प्रहारबाट घाइते भएका हुन् ।
कुंवरलाई स्थानीय ३५ वर्षीय रमेश परियारले खुकुरी प्रहार गरी घाइते गराएका थिए । खुकुरी प्रहारबाट घाइते भएका कुँवरको दाहिने हातको कुममा गम्भीर चोट लागेको छ । विद्यालयका साथीहरुसँग पुसे पन्ध्रको वनभोज खान गएका कुँवर र साथीहरु मिलेर वनभोज गएका परियारबीच पुर्कोट दहको कङकेदेउरालीमा भेट भएको प्रहरीले जनाएको छ । भेटमा परियारले खुकुरी प्रहार गरेको बुुझिएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखेको छ भने घाइते कुँवरको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update