Shittalpati
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ

बुटवल, बुटवलमा सुन र नगदसहित प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित आइतबार राति निवासबाटै पक्राउ गरेको हो ।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । उनी शक्तिको आडमा विगतदेखि नै गलत धन्दामा सक्रिय हुँदै आएको बुझिन्छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update