Shittalpati
गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।

गाउँपालिकाले समग्र शिक्षाको तथ्याड्ढ संकलन गरी सो अध्ययन अवलोकन तथा सरोकारवाल निकायसँग छलफल गरी ३ वर्ष भित्र शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउने गरी सक्षम कार्यक्रम सञ्चालन गरेको हो । ४१ वटा सामुदायिक विद्यालय र ४ वटा संस्थागत विद्यालयहरुको शिक्षामा एउटै गुणस्तर कायम रहने गरी कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरुलाई शिक्षा र व्यवस्थापनमा राम्रो बनाउने, विश्वव्यापी रुपमा बढ्दो अंग्रेजी भाषालाई विशेष प्राथमिकता दिने, सोही अनुसार विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विषयगत शिक्षकहरुलाई विद्यालय व्यवस्थापन, पठन–पाठनको पाठ्यक्रमको लागि बृटिश काउन्सिलले सहयोग गरेको छ । ३ बर्षपछि प्रशिक्षक शिक्षकहरुबाट नै पालिकाभरी तालिम चलाउने गरी हालका अग्रेंजी शिक्षहरुलाई वि वन ग्रेडमा पु¥याउने गरी काम भइरहेको कार्यक्रमका फोकल पर्सन अशेष भट्टराईले बताए ।

माथागढीमा अहिले कक्षा १ देखि ५ सम्म ९९ प्रतिशत बालबालिकाले कक्षा कोठामा रहने, कक्षा ६ देखि ८ सम्म ८२ प्रतिशत बालवालिका मात्र कक्षा कोठामा अध्ययन गर्ने, कक्षा ९ देखि १० सम्म ७१ प्रतिशत, कक्षा ११ देखी १२ मा ४६ प्रतिशत मात्र बालबालिकाले पढ्ने गरेको गाउँपालिकाको तथ्याड्ढ रहेकोे छ । कुनैपनि विषय नलागी उत्र्तिण हुनेमा कक्षा ५ मा ३६ प्रतिशत, कक्षा ८ मा २२ प्रतिशत र कक्षा १० मा १६ प्रतिशत र कक्षा १२ मा १० प्रतिशत मात्र विद्यार्थी उत्र्तिण हुने अवस्था गाउँपालिकामा रहेको छ । सबैभन्दा धेरै गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीहरु अनुत्र्तिण हुने गरेको पाइएको छ । जसको कारण विद्यार्थीले उच्च शिक्षा अध्ययनमा बञ्चित भएको, लोकसेवा आयोगमा अवसर नपाएको, विश्वव्यापी बजारमा विक्ने अवस्था नरहेको कारण गाउँपालिकाले विद्यालय शिक्षा सुधारका लागि बृटिश काउन्सिलसँंगको सहकार्यमा सक्षम कार्यक्रम लागु गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले पालिका भित्र ग्रामिण भेगमा गुणस्तरीय शिक्षा नपाएकै कारण छोरा छोरी पढाउने नाममा बसाइसराई बढेको अवस्थामा यो कार्यक्रमले बसाइसराई रोक्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले यो अभियानबाट पालिका भित्र ३ वर्षको अवधिमा शिक्षा क्षेत्रमा केही परिवर्तन आउने बताए । पालिकाका सामाजिक विकास प्रमुख एवं वडा अध्यक्ष राजकुमार पंन्थीले पालिकाको शिक्षाको अवस्था दयनिय भएकाले सबै विद्यालयको अध्ययन अवलोकन गरी, शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन यो अभियान सञ्चालन गरिएको बताए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले भौतिक पूूर्वाधार विकासले मात्र मानव विकास नहुने भएकाले पालिकाहरुले शिक्षा विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा पत्रकारहरु गोविन्द भट्टराई, माधव अर्याल, कृष्ण कार्की, विष्णु खनाल लगायतले राखेको जिज्ञासाको बृटिश काउन्सिलका भुपेन्द्र लामिछाने, सुर्दशन सुवेदी, कार्यक्रमका फोकल पर्सन अशेष भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । चालु आर्थिक वर्षबाट शुरु भएको सक्षम कार्यक्रम ३ वर्ष सम्म चल्ने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update