Shittalpati
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व

गुल्मी, ‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

नेपाल पन्छी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण संमायोजन कार्यक्रम गुल्मीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा महेन्द्र मावि, सिद्वबाबा मावि, गण्डकी इ·लिस बोर्डिङ स्कुल, आदर्श विद्या आश्रम, अर्जुन आवसिय मावि, उपल्लो तम्घास मावि, निजी तथा सरकारी गरी ७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुमध्ये अर्जुन आवसिय माविका अनमोल क्षेत्री प्रथम, गण्डकी बोर्डिङ स्कुल अनामिका परियार द्वितीय, अर्जुन आवसिय माविका अनोज पन्थी तृतीय, महेन्द्र माविका कल्याण मरासिनी शान्त्वना भएका छन् । उनीहरुलाई नगद प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरुले जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा रचनात्मक प्रस्तुति राखेका थिए । सहभागीहरुले लामो समयसम्म स्थिर हुनुपर्ने जलवायु अनपेक्षित रुपमा हालसम्म परिवर्तन आउन नसएको बताएका छन् । जलमुखी विस्फोट, हरित गृह ग्याँस, पानीको बाफ समेत जलवायुमा समस्या निम्ताएको सहभागीले बताए ।

कार्यक्रममा नेपाल पन्छीं संरक्षण संघ गुल्मीका सहायक परिजना अधिकृत भरत पन्थीले जलवायु परिर्वतनले पछिल्लो समय नकारात्मक असर बेहोर्नु परेको बताए । मानवले आफ्नो भलाइका निम्ति प्रकृतिको विनास गर्दै अव्यवस्थित वसोवास लगायतका कारणले जलवायु परिवर्तन भइरहेको उनले बताए । पशुपन्छी, प्रकृति र मानव जातीमा असन्तुलन वातावरण भएकाले जलवायुमा समस्या निम्ताएको उनले बताए । वन विनास, पशुपालन, गाडी र कलकारखानाले जलवायु परिवर्तन, जलवायु परिवर्तनले स्वास्थ्य, कृषि, जंगल, पानी, समुन्द्री सतह, पशुपन्छीमा क्षेत्रगत असर पारिरहेको पन्थीले बताए । उनले विद्यार्थीमार्फत जनचेतना सबै माझ पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम राखिएको पन्थीले बताए । कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख मुना शर्मा, सहायक वन अधिकृत गोकुल सुनार लगायतले विभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन वन कार्यालयका वन रक्षक घनश्याम आचार्य, थानेश्वर खनालले कार्यक्रमको सहजीकरण गरेका थिए । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा जलवायु परिवर्तन र चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update