Shittalpati
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’ 
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’  जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’को स्थापना गरिएको छ । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारको सहयोगमा कक्ष स्थापना गरिएको हो । कक्षको लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’ मानव अधिकार तथा शान्ति समाज पाल्पाले रुस–युक्रेन, इजरायल र हमासको युद्वको विरोधमा प्रदर्शन गरेको छ । ‘युद्व निषेध : शान्ति विशेष’ भन्ने अभियान सञ्चालन गरेको समाजले आइतबार तानसेनमा युद्वको विरोध स्वरुप तानसेनमा प्रदर्शन गरेको हो ।
पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो
पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जारी तीन दिने श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराथोक शाखाको आयोजनामा सञ्चालित महायज्ञ शनिबार सकिएको हो ।
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
लुम्बिनीमा आज सार्वजनिक बिदा
लुम्बिनीमा आज सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । विगतमा जस्तै प्रदेश स्थापना दिवसको अवसरमा यसवर्ष पनि सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई  एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम  पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’ नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धननमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँदै आएको हो ।
Weather Update