पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
आइतबार, साउन ७, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता
शनिबार, साउन ६, २०८०
पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो ।
शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री
शनिबार, साउन ६, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले विद्यार्थीहरुलाई खेल र शैक्षिक सामाग्री दिएको छ । प्रतिष्ठानले शनिबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा बगनासकाली गाउँपालिका चापपानीस्थित बसन्त प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री प्रदान गरेको हो ।
माछा मार्ने जालमा परी डुुब्दा पाल्पामा एकको मृत्युु
शनिबार, साउन ६, २०८०
माछा मार्ने जालमा परी कालिगण्डकी नदीमा डुुब्दा पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको रम्भा गाउँपालिका –२, रानीवासका २६ वर्षीय कोपिल पाँडे मगरको माछा मार्न प्रयोग गर्ने जालमा परेर ज्यान गएको हो ।
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो
शुक्रबार, साउन ५, २०८०
देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको अकालमै ज्यान गएको हो ।
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
शुक्रबार, साउन ५, २०८०
जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
शुक्रबार, साउन ५, २०८०
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
कलम चलाउने पत्रकार अपमानित हुनुपदैन : अध्यक्ष लम्साल
बिहीबार, साउन ४, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कलम चलाउने पत्रकारहरु अपमानित हुन नपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका लम्सालले कलम चलाउने कुनै पनि पत्रकार अपमानित हुन नपर्ने बताएका हुन् ।
विश्व आदिवासी दिवस मनाइने
बिहीबार, साउन ४, २०८०
उनान्तीस औँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
बिहीबार, साउन ४, २०८०
नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
बिहीबार, साउन ४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
बिहीबार, साउन ४, २०८०
गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए । ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...


