आज विश्व सिमसार दिवस मनाइदैं
शुक्रबार, माघ १९, २०८०
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा
शुक्रबार, माघ १९, २०८०
असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
एनसेल घोटलाका विरुद्ध पाल्पा शान्ति समाज, गर्यो साताव्यापी विरोध प्रदर्शन
बिहीबार, माघ १८, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
बिहीबार, माघ १८, २०८०
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ
बिहीबार, माघ १८, २०८०
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो ।
आकर्षक धार्मिक पर्यटकीय स्थल बन्दै महीपोखरी डाँडा
बिहीबार, माघ १८, २०८०
विगतमा सम्भावना हुँदा हुँदै ओझेलमा परेको पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित महीपोखरी डाँडा यतिबेला आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । आर्घाखाँचीको सन्धिखर्कस्थित खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरको घण्टा महीपोखरी जंगलमा राखी देवीको पुजाआजा गर्न थालेपछि यहाँ धार्मिक पर्यटकहरुको घुइँचो लाग्न थालेको पाइन्छ ।
लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने
बुधबार, माघ १७, २०८०
मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका तथा सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे प्रष्ट व्यवस्था नगरिएको भन्दै समाजवादी प्रेस सङ्गठनले ध्यानाकर्षण गराएको हो ।
पाल्पामा नेपाल भाषाका बारेमा बहस
बुधबार, माघ १७, २०८०
पाल्पा साहित्य समाज तानसेन पाल्पाले नेपाल भाषा साहित्यको विकास तथा नेवारी साँस्कृतिक कार्यक्रमका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पामा नेपाल भाषाको पछिल्लो अवस्था बारे बहस शुरु गरेको छ ।
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध
मंगलबार, माघ १६, २०८०
बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई सूचित गरेको थियो ।
रैनादेवी छहरामा पुरुष मृत फेला
मंगलबार, माघ १६, २०८०
जिल्लाको रैनादेवी छहरामा एक पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान पाल्पा रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका हुन् ।
उपेक्षामा सच्चा सहिद
मंगलबार, माघ १६, २०८०
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आएको छ । माघ १० देखि १६ गतेसम्म सहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै आज देशभर ‘सहिद दिवस’ मनाइँदै छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यो औपचारिकतामै सिमित बन्ने गरेको छ ।
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
सोमबार, माघ १५, २०८०
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, माघ १५, २०८०
आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।


