बाल संरक्षणको कानुनमा प्रहरीको भूमिका सम्बन्धी अभिमुखिकरण
शनिबार, माघ १४, २०७९

सहिद सप्ताहकोे चौंथो दिन माथेमाको सम्झना
शनिबार, माघ १४, २०७९
सहिद सप्ताहको चौथो दिन शुक्रबार सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको हो ।

धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने
शुक्रबार, माघ १३, २०७९
धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ ।

विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो
शुक्रबार, माघ १३, २०७९
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार श्रीपञ्चमी पर्व मनाइएको छ । देशभर धुमधामका साथ यो पर्व मनाइएको हो ।

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
बिहीबार, माघ १२, २०७९
राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।

डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
बिहीबार, माघ १२, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।

आज श्रीपञ्चमी, देशभर मनाइदैं
बिहीबार, माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
बिहीबार, माघ १२, २०७९
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
बुधबार, माघ ११, २०७९
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।

रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर
बुधबार, माघ ११, २०७९
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।

पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो
मंगलबार, माघ १०, २०७९
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।