Shittalpati
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
अधिकमास अर्थात् मलमास सुरु
अधिकमास अर्थात् मलमास सुरु प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।    साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ ।
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
आगोको राँको बालेर लुतो फालियो
आगोको राँको बालेर लुतो फालियो साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने  जनविश्वास...
गुल्मीमा रातो प्लेट गाडीले यात्रु बोके कारवाही गरिने   
गुल्मीमा रातो प्लेट गाडीले यात्रु बोके कारवाही गरिने   रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रुु बोके कारवाही गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँहरुबाट रातो नम्बर प्लेटका गाडीले यात्रु बोकेको भन्ने गुनासो आएपछि ईलाका प्रहरी कार्यालय रिडीले  त्यस्ता गाडीलाई कारवाही गर्ने भएको हो । 
पाठकका नजरमा नवजनचेतना दैनिक
पाठकका नजरमा नवजनचेतना दैनिक ‘स्वच्छ र स्वतन्त्र पत्रकारिता’ भन्ने मूल नाराका साथ प्रकाशन सुरु भएको नवजनचेतना राष्ट्रिय दैनिक आजदेखि २९ औं वर्ष प्रवेश गरेको छ । हाम्रो यो यात्रा यहाँसम्म ल्याउनमा हाम्रा पाठक, शुभेच्छकको अहम् भूमिका रहेको छ ।
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडी समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो ...
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो तानसेन खानेपानीको कार्यालयमा लागेको ताला आज फोरिएको छ । तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज बिहान १०ः३० बजेको समयमा ताला फोरेको हो ।
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज अहिले केही समयपछि समितिको ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ ।
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’ 
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’  पाल्पा  दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक ट्राय सेवा सुरु गरेको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
Weather Update