सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
मंगलबार, माघ ९, २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान...
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
सोमबार, माघ ८, २०८०
पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।
एसईई परीक्षा चैत १५ गतेदेखि हुने
सोमबार, माघ ८, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
सोमबार, माघ ८, २०८०
केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री
आइतबार, माघ ७, २०८०
रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जाडोमा काम्लोको व्यापार : काम्लो बेचेरै घर खर्च
शनिबार, माघ ६, २०८०
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्ने गर्छिन् ।
साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, माघ ५, २०८०
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन
शुक्रबार, माघ ५, २०८०
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ ।
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
बिहीबार, माघ ४, २०८०
त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।


