अवैध संरचना हटाउँदै चन्द्रकोट
सोमबार, पुस २५, २०७९

गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज सफल अवतरण
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ ट्वीनअटर जहाजले सफल डेमोस्ट्रेसने उडान गरेको हो ।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन
शनिबार, पुस २३, २०७९
मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।

पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा
शनिबार, पुस २३, २०७९
बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
शुक्रबार, पुस २२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

आजदेखि स्वस्थानी व्रत सुरु
शुक्रबार, पुस २२, २०७९
प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुभारम्भ गरिदै छ ...

पानी नपरेका कारण प्रदूषण बढ्यो
बिहीबार, पुस २१, २०७९
पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
बिहीबार, पुस २१, २०७९
सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।

पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
बुधबार, पुस २०, २०७९
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।

क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
बुधबार, पुस २०, २०७९
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।

शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
बुधबार, पुस २०, २०७९
नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।

अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द
मंगलबार, पुस १९, २०७९
राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।