निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्
मंगलबार, पुस १९, २०७९

सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
मंगलबार, पुस १९, २०७९
सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।

‘लक्ष्मीनारायण धर्मशाला’ आकर्षणको केन्द्र बन्दै
मंगलबार, पुस १९, २०७९
कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् ।

टोपी दिवस : सामाजिक सञ्जालमा देखिएका दृश्यले जोगाउला परम्परा र राष्ट्रियता ?
सोमबार, पुस १८, २०७९
आइतबार सामाजिक सञ्जालमा केही नेपालीले टोपी लगाएको तस्वीर राख्दै क्याप्सन लेखे– ‘टोपी दिवस ।’ सामान्य अवस्थामा टोपी नलगाउनेहरुले पनि टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाए । अझ कोहिल्यै पनि नलगाउने महिलाहरुले समेत टोपी लगाएका तस्वीर फेसबुुकमा पोष्ट गरेको पाइयो ।

अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले
आइतबार, पुस १७, २०७९
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिन्छ ।
_copy.jpg)
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आइतबार, पुस १७, २०७९
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर दशौं दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु...

खुकुरी प्रहारबाट किशोर घाइते
शनिबार, पुस १६, २०७९
गुल्मीमा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । यहाँको मदाने गाउँपालिका–६ का १५ वर्षीय सन्तोष कुँवर खुुकुुरी प्रहारबाट घाइते भएका हुन् ।
.jpg)
तानसेनमा ‘होटल करुवा महल’ सञ्चालन
शनिबार, पुस १६, २०७९
पछिल्लो समय तानसेनमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । यहाँका व्यवसायीहरुले तानसेनमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि ठूला लगानीमा होटलहरु सञ्चालन गर्दै आएका छन् । यी नै होटलहरुको भिडमा यहाँ करिब दुई करोड लगानीमा अर्को एउटा नयाँ होटल सञ्चालनमा आएको छ । शुक्रबार सुन्दर नगरी...

प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
शुक्रबार, पुस १५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...

आज ‘पुसे पन्ध्र’ पर्व
शुक्रबार, पुस १५, २०७९
देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।

गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम
शुक्रबार, पुस १५, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।

पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो
बिहीबार, पुस १४, २०७९
पछिल्लो केही दिन यता पाल्पासहित लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुमा चिसो बढेको छ । मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको हो ।

नारामै सीमित मानव अधिकार
बिहीबार, पुस १४, २०७९
गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...