Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान

पाल्पा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई  एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।

Tu Wellcome Photo 21706960195.jpg

स्वागत कार्यक्रमको क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख भट्टराईले बिबिए र बिबिएममा  अध्ययनका लागि आएका नवआगन्तुुक विद्यार्थीलाई स्वागत गरे । उनले विद्यार्थीहरुलाई स्वागत गर्दै  बिबिए र बिबिएममा देशकै उत्कृष्ट नतिजा ल्याउन क्याम्पस सफल भएको बताए । उनले भने ‘प्राध्यापक, विद्यार्थी दुबैको मेहनत र परिश्रमका कारण आज पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस बिबिए र बिबिएमको नतिजामा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।’  उत्कृष्ट नतिजाकै कारण पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पस प्रमुख भट्टराईले बताए । उनले हाल व्यबस्थापन, शिक्षा, मानविकी संकायमा डिग्री सम्म अध्ययन, अध्यापन हुँदै आएको जानकारी दिए ।

Tu Wellcome Photo 11706960249.jpg

बिबिए कार्यक्रमका निर्देशक केवश घिमिरेले बिबिएको नतिजा देशकै गौरव गर्ने उत्कृष्ट नतिजा भएको बताए ।  उनले भने ‘विद्यार्थीको लगनशिलता, गुरुहरुको लगातारको मेहनतका कारण आज हामी सबै उत्साहित भएका छौं ।’ कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्रीचन शाक्य, सन्तोष खनाल,  विद्यार्थी कल्याणकोषका प्रमुख पुष्कर आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण अर्याल लगायतले त्रिभुवन बहुमुखी क्याम्पस विद्यार्थीहरुको पठन–पाठनका लागि अति उपयुक्त रहेको बताए । योग्य शिक्षक, कम शुल्कमा विद्यार्थीहरुको पठन–पाठन गराई शैक्षिक गुणस्तर सुधार गर्न क्याम्पसका प्राध्यापकहरु कटिबद्ध भएर लागेको उनीहरुले बताए । कार्यक्रममा बिबिए परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांकेतिक कार्यक्रमहरु प्रस्तुत गरी वातावरण रमाईलो बनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरु लक्ष्मी मधेसिया, समित भुसाल, अनुष्का पाण्डे, मेनुका घिमिरे, रोसन नेपाल लगायतले कार्यक्रममा स्वागत गर्दै गित तथा कविताहरु प्रस्तुत गरेका थिए । बिबिएकी विद्यार्थी कोपिला दिसुवाको अध्यक्षता, मनिका घर्ति र दिवस रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update