Shittalpati
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला

पाल्पा, पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पाल्पा प्यारागन राष्ट्रिय दीगो पयर्टन क्लव र प्यारागन ग्रीन फर गूड क्लवको संयूक्त आयोजनामा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा न्यू होराइजन माविका सुदर्शन सुनार प्रथम,सेन्ट क्यापितानियोका स्वेच्क्षा मल्ल दोस्रो र बेथल इंग्लिस बोर्डिङ्ग स्कूलका रिवज सारु तेस्रो भएका छन् । प्रतियोगीतामा ८ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्यारागनको २४ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा स्कूलमा गठित क्लवहरुले प्रतियोगिता आयोजना गरेका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिर्दै विद्यार्थीहरुमाझ पर्यटन सम्बन्धित चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले शित्तलपाटीलाई जानकारी दिए ।

विजयी प्रतियोगीहरुलाई बुधबार एक औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश  भट्टराई, प्रिन्सिपल गंगाबहादुर खत्री, निर्णयक मण्डलहरु तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पर्यटन व्यवसायी धनिश्वर बस्याल लगायतले विजयी प्रतियोगीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण गर्दै स्कूल व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले विद्यार्थीहरु भविष्यका कर्णदार भएकाले उनीहरुलाई पर्यटन सम्बन्धित जानकारी लिन र सम्भावनाहरुको खोजी गरी भोलिका दिनमा पर्यटन व्यवसायीलाई माथि उकास्न प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।  निर्णयक मण्डलहरु रेग्मी र बस्यालले  सबै विद्यार्थीहरुको कला उकृष्ट नै रहे पनि  उत्कृष्ट मध्ये ३ जना सर्वत्कृष्ट  हुन सफल भएको बताए ।  उनीहरुले कितावी ज्ञानमा मात्र सिमित विद्यार्थीहरुका लागि प्रतियोगिताले पर्यटनप्रति पनि खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्रीन फर गूड क्लवका अध्यक्ष तथा पर्यटन  क्लवका सदस्य अंकिता बस्यालको अध्यक्षता, पर्यटन क्लवकी अध्यक्ष रोसनी थापाको स्वागत, क्लवकी सदस्य केकी बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्यारागनले फरक ढंगले मनाउँदै वार्षिक उत्सव

यस्तै पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलले फरक ढंगले २४ औं वार्षिक उत्सव मनाउने तयारी गरेको छ । स्कूलले भोली हुने वार्षिक उत्सवलाई फरक उत्सवको रुपमा मनाउने गरी तयारी गरेको हो ।

वार्षिक उत्सवका अवसरमा खाना महोत्सव, शैक्षिक सामग्री प्रदर्शनी,  विद्यार्थीहरुको  नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि प्यारागनको भूमिका विषयक प्यानल डिस्कसन, स्कूलका विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक, पूर्व विद्यार्थी पूर्व शिक्षकहरुबिच अन्तक्र्रिया कार्यक्रम राखिएको स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले  जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update