Shittalpati
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं

पाल्पा, आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको थियो ।

नेपालमा १ सय ३१ वटा भाषा बोलिन्छन् । तर ती भाषामध्ये मातृभाषाका रूपमा बोलिने भाषाहरूको संख्या, बोलिने स्थान, वक्ता र भाषिक जीवन्तता बारे सोधखोज भएको छैन । राष्ट्रिय जनगणनाले समेत भाषिक चित्र दिन नसकेको भाषाविज्ञहरू बताउँछन् । गणनाबाट केवल जातजाती र ती भाषाका वक्ता संख्या मात्रैको आँकडा आउने गरेको छ । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ । भाषा लोप हुँदा यसको साँस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुन्छ । भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन पुग्दछ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ । भाषिक विविधता आफैंमा वैज्ञानिक खोज–अनुसन्धानको विषय पनि हो । पछिल्लो समय मातृभाषा लोप हुन थालेका छन् । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update