Shittalpati
पाल्पा जेसीजलाई चितवनमा अवार्ड

पाल्पा, पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।

 पाल्पा जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल जेसीजले उक्त अवार्ड प्रदान गरेको जनाइएको छ । नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले पाल्पा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

 पाल्पा शाखामा कार्कीको नेतृत्वमा नयाँ समिति आएपछि जिल्लामा उत्कृष्ट गतिविधि गर्दै आएको छ । शाखाको नेतृत्व सम्हाले लगत्तै  अध्यक्ष कार्कीले पाल्पामा पहिलो पटक संसदीय सभा प्रणाली सम्बन्धी  राष्ट्रियस्तरको तालिम सञ्चालन गरेका थिए । जेसीजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले माघ १९ र २० गते उक्त तालिम सञ्चालन भएको  थियो । शाखाले बगनासकाली–१ खोरबारीस्थित बुद्ध शान्ति सामुदायिक विद्या मन्दिरमा छाना र व्यवस्थित ढोका नहुँदा बालबालिकाहरुलाई पठन–पाठनमा समस्या उत्पन्न भएको अवस्थालाई दृष्टिगत गर्दै छाना (ट्रस) र फलामको ढोका राख्नको लागि सहयोगी भूमिका समेत खेलेको थियो ।

कार्की नेतृत्वको समितिले युवाको व्यक्तित्व, नेतृत्व विकाससँगै सामाजिक, शैक्षिक, खेलकूूद क्षेत्रमा समेत रचनात्मक कार्य गर्दै आएको छ । जसको मूूल्याङ्कनको आधारमा शाखाले उत्कृष्ट अवार्ड पाउन सफल भएको हो । शाखाको गतिविधिलाई उच्च मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरेकोमा अध्यक्ष कार्कीले जेसीज नेपाललाई धन्यवाद दिए । उनले इमान्दार र लगनशील भएर काम गरेमा कुनै न कुनै दिन मूल्याङ्कन हुनेमा विश्वास व्यक्त गरे । अध्यक्ष कार्कीले शाखामा आवद्ध सम्पूर्ण साथीहरुको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको बताए ।  प्राप्त अवार्डले आगामी दिनमा शाखालाई थप क्रियाशिल र शसक्त बनाएर लैजान आफुुहरुलाई उर्जा मिले,को शाखाका महासचिव विजय कार्कीले बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update