Shittalpati
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु

पाल्पा, खोलामा डुवेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुवेर रैनादेवी छहरा गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको हो ।

 तिलोत्तमा नगरपालिका–४ सुनौलोनगरमा बस्दै आएका रायमाझी विहीबार साथीहरुसँग खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी अकास्मात डुुवेर अशक्त भएका थिए । अशक्त उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले मृतकसँगै पौडी खेल्न गएका ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update