Shittalpati
अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ
अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।
आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे । 
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’ तानसेनमा रहेको अभियान नेपाल बेसहारा परिवारको सहारा बन्दै गएको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन् उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत २१ वर्षदेखि सहारा बन्दै आएको हो ।
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । 
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्च अन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
बसको ठक्करबाट युवकको मृत्यु
बसको ठक्करबाट युवकको मृत्यु धनुषामा विद्यालयको बसको  ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । 
प्रतिनिधि सभा बैठक  : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषय, विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल 
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल  सहाराविहीन अवस्थामा रहेका बालबालिका र बेसहारा एवं मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले नयाँ जीवन प्रदान गर्दै आएको छ ।
वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान
वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ  सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।
संघीय संसद्को हिउँदे अधिवेशन सुरू
संघीय संसद्को हिउँदे अधिवेशन सुरू संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी दाङको बबई गाउँपालिका–२ ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधैंँ पीडित हुन्थे । वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपथ्र्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।       
मतदाता नामावलीमा छुुटेकालाई नाम दर्ता गर्न आह्वान
मतदाता नामावलीमा छुुटेकालाई नाम दर्ता गर्न आह्वान निर्वाचन आयोगले मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।
Weather Update