Shittalpati
आज विश्व वन्यजन्तु दिवस मनाइदैं

सीमा भट्टराई
पाल्पा,
आज विश्व वन्यजन्तु दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैं छ ।  प्रत्येक वर्षको मार्च ३ तारिखका दिनमा यो दिवस मनाइने गरिन्छ । झन्डै एक दशकअघि राष्ट्रसंघले आजैका दिनमा यो दिवस मनाउने घोषणा गरेपछि विश्वभर नै वन्यजन्तुहरुको सुरक्षा र संवर्धनका लागि यस दिवसलाई विशेष उद्देश्यमूलक तरिकाले मनाइँदै आइएको हो ।

विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र विरुवाहरुको सुरक्षा, सम्वर्र्धन अनि उपस्थिति मानवको दायित्व हो । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको पाइन्छ । नेपालमा अरू देशमा नपाइने कतिपय दुर्लभ वन्यजन्तु पाइन्छन् । त्यस्ता प्रजातिको संरक्षण गर्न जनचेतना आवश्यक रहेको विज्ञहरु बताउँछन् । चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा धेरै जनावरहरु र विरुवाहरुको विनाश हुँदै गएको छ । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो । मानव जीवनको दीर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।

संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निस्कर्षलाई सिटिज अर्थात कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । अहिले सिटिज को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५ हजार प्रजातिका जनावरहरु र २९ हजार २ सय प्रजातिका बोटविरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा सिटिजको उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो । विश्वको जैविक विविधता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहने गर्दछ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update