Shittalpati
कल्याणकोषमा अनियमिता भएको पूर्वप्रहरी संगठनको दावी

पाल्पा, नेपाल पूर्वप्रहरी संगठन पाल्पाले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणकोषमा अनियमिता गरेको दावी गरेको छ । संगठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठूलो रकम हिनामिना भइरहेको बताएको हो ।

संगठनले कोषमा अनियमितता भएको दाबीसहित सबै विवरण सार्वजनिक गर्न माग गरेको छ । कोषमा अहिले करिब १७ अर्ब रुपैयाँ हुनुपर्नेमा ९ अर्ब मात्र रहेको भन्दै संगठले छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा ज्ञापन पत्र बुझाएको छ । उसले कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बंैक, नगद र सम्पत्ती हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ती ५ अर्ब मात्र देखिएकाले ८ अर्ब अनियमिता भएको भन्दै छानविनको माग गरेको हो । संगठनले न्यायोचित रुपमा वितरण गर्नुपर्ने ६ बुँदे माग प्रस्तुत गर्दै ३५ दिन भित्र पुरा नभएमा देशव्यापी रुपमा सडक तथा कानुनी उपचारको लागि आन्दोलनमा उत्रिने घोषणा गरेको छ । संगठनले २०४९ सालदेखि २०६९ सालसम्मको प्रहरी कल्याणकोषको आयव्ययको हिसाव–किताब गर्न एक स्वतन्त्र छानविन समिति गठन गर्नु पर्ने माग  समेत गरेको छ ।

कल्याणकोषको मुलधन वा व्याजको आधारमा ४० प्रतिशत बहालवाला, ४० प्रतिशत पूर्वप्रहरी र २० प्रतिशत आयमुलक कार्यमा खर्च गर्ने नितिगत व्यवस्था गर्नुपर्ने माग संगठनले गरेको छ । प्रहरी कल्याणकोषको सञ्चालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पूर्वप्रहरी संगठन वा प्रहरीबाट हुनुपर्ने, बहालवाला प्रहरीको काम शान्ति सुरक्षा दिने भएकाले व्यापार नगरी कल्याणकोषबाट गरिने व्यापारिक कार्यहरु पूर्वप्रहरी संगठनलाई दिनुपर्ने माग राखेको छ । प्रहरी कल्याणकोषको समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा कोषको कार्यालयसहित दुई जना पूर्वप्रहरी र सबै प्रदेश कार्यालयमा एक÷एक जना पूर्वप्रहरीहरु राखी योग्यता अनुसारको सेवा सुविधा सहित कार्यालय सञ्चालन गर्ने र निजहरुलाई सहयोग गर्न पूर्वप्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने माग संगठनले गरेको छ । प्रहरीका अमर सहिद परिवारका सन्ततीको लागि १० प्रतिशत, प्रहरी परिचरदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्वप्रहरीहरुको सन्ततीहरुलाई ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्न संगठनले माग गरेको छ । 

संगठनका जिल्ला अध्यक्ष रमेश बोहोराले प्रहरी कल्याणकोषको न्यायोचित वितरणको लागि ६ बुँदे ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै डिएसपी श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा पठाउने जानकारी दिए । आफुहरुको माग पूरा नभए कानुनी, प्रशासनिक र दवाबमूलक कार्यक्रम सञ्चालन गर्ने संगठनका जिल्ला अध्यक्ष बोहोराले चेतावनी दिए । संगठनले बडिज्ञान टोल, लहरेपिपल, सिल्खानटोल, मखनटोल हुँदै ¥याली सहित जिल्ला प्रहरी कार्यालय पाल्पामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा करीव एक सय जना भन्दा पूर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update