Shittalpati
रेडक्रस सोसाइटी युजुरेसको स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता

पाल्पा, नेपाल रेडक्रस सोसाइटी युवा जुनियर रेडक्रस सर्कलको ६० औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको हो । 

“स्वयंसेवा कार्यमा युवा जुनियर रेडक्रसको भूमिका’’ शीर्षक श्रीनगर उपशाखा मातहतका विद्यालयहरूहरु बीच वक्तृत्वकला प्रतियोगितामा भएको हो । प्रतियोगितामा जनता माविका युजुरेस सुरज डाँगी प्रथम, सेन्ट कपितानियो स्कुलका युजुरेस कुन्दन थापा द्वितीय, पाल्पा प्यारागन स्कुलका युजुरेस आरति बस्याल तृतीय र जनता मावि युजुरेसका सइली ज्ञवालीले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयी विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रयोगितामा निर्णायकको भूमिकामा रेडक्रस गौतम बुद्ध उपशाखाका सभापति चित्रवलीराम सुवाल र मणिमुकुन्द उपशाखाका सभापति शकुन्तला बज्राचार्य रहेका थिए ।

विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना सहित श्रीनगर उपशाखा र पाल्पा प्यारागन स्कुलको उत्तरोत्तर प्रगतिको कामना सहित प्रमुख अतिथि बाबुरत्न शाक्य, विशिष्ट अतिथि केशवराज नेपाल र गौतम बुद्ध उपशाखाका सभापति चित्रवलीराम सुवालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । पाल्पा प्यारागन स्कुलका प्रिन्सिपल गंगाबहादुर खत्रीद्वारा गतिविधिको जानकारी सहित रेडक्रस मनहरू सबैमा धन्यवाद ज्ञापन गरेका थिए । पाल्पाको तानसेनमा रहेको श्रीनगर उपशाखा रेडक्रस अभियानलाई अघि बढाउने क्रियाशील उपशाखा र प्यारागन युजुरेस सर्कल क्रियाशील सर्कलको रूपमा रहदै आएको छ । प्यारागन स्कुलको सभाकक्षमा आयोजित कार्यक्रममा श्रीनगर उपशाखाका सभापति पुष्करराज रेग्मीको अध्यक्षता पाल्पा प्यारागनकी युजुरेस दिया रेश्मीको स्वागत र युजुरेस सदस्य केकी बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियोे ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update