विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
डुबेर दाजु–भाइको मृत्यु
बुधबार, साउन २४, २०८०
पोखरीमा डुबेर एकै घरका दाजुु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो ।
अझै केही दिन वर्षा हुने
बुधबार, साउन २४, २०८०
अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
बुधबार, साउन २४, २०८०
नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
बुधबार, साउन २४, २०८०
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं
बुधबार, साउन २४, २०८०
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू–संरक्षण दिवस मनाउने गरिन्छ ।
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित
सोमबार, साउन २२, २०८०
जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए ।
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’
आइतबार, साउन २१, २०८०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आइतबार, साउन २१, २०८०
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
शनिबार, साउन २०, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कोइरालालाई पुुरस्कृत गरेको हो ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
शनिबार, साउन २०, २०८०
पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।


