‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’
शुक्रबार, फागुन १९, २०७९

आज विश्व वन्यजन्तु दिवस
शुक्रबार, फागुन १९, २०७९
आज विश्व वन्यजन्तु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने रहेको छ । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।

१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा
बिहीबार, फागुन १८, २०७९
१७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा...

आरनका आधुनिक साधन वितरण
बिहीबार, फागुन १८, २०७९
बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।

दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष
बिहीबार, फागुन १८, २०७९
दोहाकतारमा रहेका पाल्पालीहरुले पाल्पाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रोजगारको शिलसिलामा कतार पुगेकाहरुले संकलन गरेको रकम पाल्पाली सेवा समाज दोहाकतारले जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध उमाविमा अक्षयकोष स्थापना गरिदिएको हो ।

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
बुधबार, फागुन १७, २०७९
हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।

सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
मंगलबार, फागुन १६, २०७९
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।

मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मंगलबार, फागुन १६, २०७९
गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक...

शिक्षकले पाएनन् पारिश्रमिक
सोमबार, फागुन १५, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
शुक्रबार, फागुन १२, २०७९
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।

प्यारागनका विद्यार्थीले पाए दुर्घटना बीमा बापतको भुक्तानी
शुक्रबार, फागुन १२, २०७९
तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । नेको इन्सुरेन्स लिमिटेड तानसेन शाखाले यहाँका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको २७ हजार रकम भुक्तानी गरेको हो । स्कूलको २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विद्यालय मार्फत विद्यार्थीका अभिभावकलाई भुक्तानी रकम हस्तान्तरण गरेको छ ...

सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १२, २०७९
तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।

पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
बुधबार, फागुन १०, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।