Shittalpati
आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

पाल्पा, आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ । र,युनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । यसको आफ्नो छुट्टै महत्व छ । यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य, महत्व र मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका, रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ ।

यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था तथा सरोकारवालालाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई प्रष्ट पार्दछ । नेपालमा रंगमञ्चलाई समग्र मानव जीवनलाई नै चित्रण गर्ने प्रभावशाली विधाको रूपमा लिइन्छ । समाजलाई सही बाटो हिँडाउन, विसंगति तथा विकृति हटाउन मानिसको कलालाई प्रस्तुत गर्न नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरूको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । उपयुक्त श्रोतसाधनको कमीका कारण नेपाली नाटकलाई विश्व रगंमञ्चका रूपमा विकास गर्न नसकेको रंगकर्मीले गुनासो गरिरहेका छन् । यस अवस्थामा रंगमञ्चको व्यवस्थापन, प्रवद्र्धन र रंगकर्मीहरूको पेशागत सुरक्षातर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update