Shittalpati
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा

पाल्पा, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।

प्रतिष्ठानमा शिक्षा, स्वास्थ्य, साहित्य र स्वयंसेवाका क्षेत्रमा गरी १० वटा पुरस्कार र सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक बर्ष मंसिर पूर्णिमाको सेरोफेरोमा प्रदान गर्दै आएको छ ।   प्रतिष्ठानले स्थापनाकालदेखिनै विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारद्वारा उत्कृष्ट नर्सलाई पुरस्कृत गर्दै आएको छ । यस पुरस्कारबाट युनाइटेड मिसन अस्पताल पाल्पाका दर्जनौं नर्सहरू पुरस्कृत भइसकेका छन् । यसका साथै विमला कमल चार बर्षे शैक्षिक  छात्रवृत्तिद्वारा  विभिन्न विद्यालय र कलेजका गरी डेढ दर्जन विद्यार्थीहरू लाभान्वित भएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update