Shittalpati
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

पाल्पा, प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने गर्दछ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुड्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको पाइन्छ । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update