Shittalpati
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन

पाल्पा, रेसुङ्गा गुल्मी जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक तम्घासमा बसेको छ । जेसी पूण्य सुवेदीको नेतृत्वमा नयाँ समितिले पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।

सुवेदीको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरुको कार्यविभाजन तोकेको छ । बैठकले विशेषगरी जेसीजले काम गर्ने ४ क्षेत्रको  पदाधिकारीहरुलाई कार्य विभाजन गरेको हो । जसमा व्यक्तिगत र अन्तर्राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सुरज पोखरेल, सामुदायिक र व्यावसायिक क्षेत्र कार्यकारिणी उपाध्यक्ष जेसी सञ्जय पन्थी, उपाध्यक्षतर्फ व्यक्तिगत क्षेत्र जेसी फर्सुराम पन्थी, व्यावसायिक क्षेत्र उपाध्यक्ष जेसी दिपक पाण्डे, सामुदायिक क्षेत्र उपाध्यक्ष जेसी राजु कार्की, अन्तर्राष्ट्रिय क्षेत्र उपाध्यक्ष जेसी प्रकाश बुढाथोकीलाई जिम्मेवारी प्रदान गरिएको हो ।

अध्यक्ष सुवेदीले वर्ष २०२४ का लागि समिति चयन गर्न र शाखालाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । उनले जेसिज वर्ष २०२४ लाई  नेतृत्व र व्यक्तित्व विकास गर्ने विभिन्न रचनात्मक कार्यक्रम गरी शाखालाई क्रियाशिल गराइराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । काका उपाध्यक्ष जेसी सञ्जय पन्थीको स्वागत, काका उपाध्यक्ष जेसी प्रकाश बुढाथोकीको धन्यवाद, महासचिव जेसी शिव भणडारीको सञ्चालनमा बैंठक भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update